सुनको मूल्यमा नयाँ कीर्तिमान

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु २५ अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नुभएको छ । 

बैङ्कले बुधवार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । 

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहने बैङ्क तथा वित्तीय संस्थाले आज २ः०० बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ । बैङ्कले प्राप्त आवेदनका आधारमा शुक्रवार ट्रेजरी खरिद गर्नेछ ।

बैङ्कका अनुसार बैङ्किङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । 

यो उपकरणको केन्द्रीय बैङ्कले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैङ्क तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैङ्किङ प्रणालीमा तरलता प्रवाह हुन्छ । 

राष्ट्र बैङ्कले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन । 

बैङ्कको औसत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ । यसले बजारमा लगानीयोग्य रकमको अभाव रहेको पुष्टि हुन्छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १२ : १५ बजे