दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उदयपुरमा पनि सुरु हुँदै मतदाता नामावली संकलन अभियान

उदयपुर । जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली संलकन अभियान सञ्चालन गर्ने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा १७ मंसिर देखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्रो चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताउनुभयो ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् ।  नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

त्रियुगा र कटारी नगरपालिकाको हकमा भने निर्वाचन कार्यालय गाईघाट जिल्ला प्रशासन कार्यालय उदयपुर र इलाका प्रशासन कार्यालय कटारीमा नियमित रुपमा मतदाता नामावली संकलन भएर रहेकाले टोली नखटाएको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ५२ बजे