सुनको मूल्यमा नयाँ कीर्तिमान

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलवार प्रतितोला रु ९१ हजार ४००  थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ११ बजे