दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३९ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ९ हजार १२७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ९ हजार १२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । त्यस्तै गत २४ घण्टामा उपचार पश्चात निको भइ घर फर्किनेको संख्या ४ हजार ७ रहेको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ९३ हजार १४१ जना रहेको छ ।

आज देशभरमा थप १३९ जना कोरोना संक्रमितको मृत्युको भएको छ ।   यो सँगै नेपालमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४१ बजे