दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पच्चीस किलो चरेससहित एक महिला पक्राउ

बझाङ । प्रहरीले बझाङको डुग्री बजारबाट २५ किलो लागु औषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।रासस 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : २५ बजे