दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी तोकिँदै

काठमाडौँ । सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदै छ ।

यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आउनुभएको थियो । तर, पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । 

अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रङ्ग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् । 

गोला प्रक्रियामा भाग लिन सर्वोच्च अदालतका सबै न्यायाधीश बिहान गोला प्रक्रिया सुरु हुने हलमा भेला भई गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।

योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किँदै छन् ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५५ बजे