‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीलाई विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत, पक्षमा ९३ विपक्षमा १२४ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावको पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना सांसद हुनुहुन्थ्यो । १५ जना सांसदहरूले भने पक्ष वा विपक्ष दुवैतर्फ मत दिनुभएन । प्रधानमन्त्रीले यसअघि विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल र अन्य दलहरुले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएएका थिए । सभामुख अग्नि सापकोटाले सो कुराको घोषणा गर्नु भएको हो । कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५९ बजे