सडक यातायात क्रमशः सहजतातर्फ

रावलसँगै घनश्याम पनि पराजित (उपाध्क्षको नतिजा सहित)

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको मतगणनाको नतिजा आउनेक्रम जारी छ । । हालसम्म अध्यक्षमा उठ्नुभएका केपी शर्मा ओली १८३७ मतले विजय नजिक हुनुहुन्छ भने उहाँका प्रतिस्प्रधी भिव रावलको पक्षमा जम्मा २२३ मत प्राप्त भएको छ ।

हालसम्मको उपाध्यक्षको मतपरिणाम हेर्दा उपाध्यक्षमा उठ्नुभएका नेता घनश्याम भुसालको पराजय निश्चित भएको छ । उहाँ फराकिलाे मतान्तरले पराजय हुने देखिएको हो ।

हालसम्म प्राप्त उपाध्यक्षको नतिजा यस प्रकार छ :

अष्टलक्ष्मी शाक्य :  १९७६ 

विष्णु पौडेल : १९२५
सुरेन्द्र पाण्डे : १८५६
सुवास नेवाङ : १८६५
युवराज ज्ञवाली : १८४२
रामबहादुर थापा बादल : १७६८
घनश्याम भुसाल : ७२५

निर्वाचन आयोगले केही समयमै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ०४ बजे