सडक यातायात क्रमशः सहजतातर्फ

फराकिलो मतान्तरले एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ ।

१० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार ओली फराकिलो मतान्तरले निर्वाचित भएको पुष्टि गर्दै अब मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । यद्यपी पछिल्लो अपडेट अनुसार खसेको २०९६ मत मध्ये ओलीलाई १८०८ मत र भीम रावललाई २१३ मत प्राप्त भएको छ । 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : १७ बजे