अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

केप टाउन – इतिहासमा पहिलाे पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेकाे छ । एउटा व्यावसायिक एयर बस कम्पनीकाे ए ३४० विमान हिउँले ढाकेकाे धावनमार्गमा यसै महिनाकाे सुरुमा अवतर‌ण भएकाे हाे । विमानकाे पहिलाे अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटाे खुलेकाे छ । 

ए ३४०विमान नाेभेम्बर २ मा अफ्रिकाकाे राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेकाे थियाे । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलाेमिटर उडेकाे थियाे । 

विमानका क्याप्टेन मिरपुरीका अनुसार  विमान सफलतापूर्वक इतिहासमै पहिलाेपटक निलाे हिमनदीबाट बनेकाे धावनमार्गमा अवतरण गरेकाे थियाे । साे एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेकाे थियाे । वुल्फ ग्याङ पर्वताराेहण क्याम्पले विमान चार्टड गरेकाे थियाे ।

सफल अवतर‌‍णसँगै साे विमानलाइ यस माैसममा पर्यटकहरुले  प्रयाेग गर्नेछन् । विवरणअनुसार १९० टनकाे  विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेकाे थियाे । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ४४ बजे