‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ओमिक्रोन सङ्क्रमणको उच्च जोखिम विश्वभर– विश्व स्वास्थ्य संगठन

एजेन्सी । कोभिड १९ संक्रमणको नयाँ भेरिएन्ट ‘ओमिक्रोन संक्रमणको खतरा विश्वभर रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । सोमबार डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए।

उक्त भेरिअन्टबारे छिट्टै खबर गरिएको भन्दै दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ।  डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छ वा छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए।

“ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने हामी मध्ये धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको छ,” उनले भने।

नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको संगठनले जनाएको छ । यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्‌लगायत थुप्रै देशमा देखिइसकेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : ०२ बजे