चीनको कारागारबाट भागेका उत्तर कोरियाली पक्राउ

प्योङयाङ – चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन् । जू श्यान्जिएन नाम गरेका उत्तर कोरियाली नागरिक ४० दिनपछि चीनमा पक्राउ परेका हुन् ।  

उनलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई १ लाख ९ हजार डलर पुरस्कार दिइने घोषणा गरिएको थियो ।

जू सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए । उनलाई चोरी गरेको र गैरकानुनी ढंगले  चीन प्रवेश गरेको अभियोगमा चीनकाे एउटा अदालतले दोषी ठहर गरेको थियो ।

उनी १९ अक्टोबरमा जेलको छतमा पुगेर उफ्रेर विद्युतीय बार नाघेका थिए । सुरक्षाकर्मीले पक्राउ गर्न खोजे पनि चालिस दिनदेखि फरार थिए ।

उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो।

एजेन्सी

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : १० बजे