‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ठुलो पार्टीको हैसियतले सरकारको नेतृत्व गर्न मैले हक राख्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सबभन्दा ठुलो पार्टीको हैसियतले सरकारको नेतृत्वमा बस्न आफनो हक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभइ स्थिरताका लागि विश्वासको मत मागेको बताउनुभयो । सधै बिरोध गरेको छ, विकल्प दिएको छैन त्यसबाट मुक्त हुनका लागि आफुले विश्वासको मत मागेको उहाँले बताउनुभयो । यदि विश्वासको मत प्राप्त भएन भने आफूले मार्गप्रशस्त गर्ने उहाँले बताउनुभयो । कुनै तिकडम, जालझेलका लागि होइन इनअफ इज इनअफलाई सधैका लागि अन्तगर्न आफुले विश्वासको मत मागेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०९ बजे