देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेका लागि अहिले दुवै हातमा लड्डु छः मन्त्री गुरुङ

काठमाडौं, ८ चैत – सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको बताउनुभएको छ ।

आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

सरकारमा रहे पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अवधारणा अनुसार राष्ट्रिय गौरव बनाउने अवसर भएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३८ बजे