‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इटालीमा पनि भेटिए ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित

एजेन्सी । इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोभिड १९ को ओमिक्रोन भेरिएन्टको पहिचान गरिएको इटालियाली अधिकारीले जनाएका छन् । यहाँको सरकारी समाचार संस्था (आन्सा) ले आइतबार समाचार सम्प्रेषण अनुसार सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका थिए । 

एक अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले  दुवै मात्रा खोप लगाएका थिए । आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,“दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ ।​ मिलानस्थित साक्को अस्पतालमा गरिएको परीक्षणपछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : १९ बजे