राजमार्गमा दृष्य एक, पीडा अनेक

कांग्रेसको वडा अधिवेशन : सर्लाही बलरामा गोली चल्यो

सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत सर्लाहीको बलरामा विवाद हुँदा गोली चलेको छ । अधिवेशनमा गोली चलाउने व्यक्ति  प्रदेशमन्त्रीका अंगरक्षक हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ ।  

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले गोली चलाएका हुन् ।  

गोली चलाइएपनि कोही घाइते भने भएका छैनन्  । दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका छ ।

यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप भएकाे थियाे ।
 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : १२ बजे