राजमार्गमा दृष्य एक, पीडा अनेक

बन्द सत्र साँझ ७ बजेदेखि : नेता बाँस्कोटा 

चितवन – नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनु भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनु भएको छ । 

अध्यक्ष ओलीले बोलाउनु भएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आउनु भएको थियो  । उहाँहरुले अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किनु भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ४० बजे