दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुन कछुवा सहित पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ४३ बजे