आजको मौसम : केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू -भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशका पहाडी भू-भागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : २१ बजे