‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा पनि भेटियो

एजेन्सी । दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ भारतमा पनि देखा परेको छ । सो भेरिएन्ट देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाई सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए । मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : २२ बजे