प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपीशर्माओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउनुभएको छ । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्नुहुँदै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताउनुभयो  । 

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उहाँले स्वतन्त्र न्यायालयकोसमेत दुरुपयोग भएको बताउनुभयो  । 

 शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताउनुभयो ।

जनादेशको कारण र कार्यअसफलतको कारण आफ्नो सरकार नढलेको बताउनहुुँदै उहाँले षडयन्त्रपूर्ण तरिकाबाट आफ्नो सरकार  हटाइएको बताउनुभयो ।   एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : १८ बजे