देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : गोकुल बासकोटा

सौराहा । नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताउनुभएको छ ।

उहाँले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहने पनि बताउनुभयो  । 
‘‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ बास्कोटाले भन्नुभयो  ।

नेता बास्कोटाले एमालेलाई जुन ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने बताउनुभयो । ‘मेरो उम्मेदवारी एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ हुन्छ। उहाँले भन्नुभयो ।  सर्वसम्मत एमालेले बनाउन सबै नेता कार्यकर्ता लागि परेको बताउँदै बास्कोटाले चुनाव भए कार्यकर्ताले नेता छान्ने भन्नुहुँदै त्यसमा आश्चर्यमा पर्नुपर्ने केही नभएको बताउनुभयो । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : ५६ बजे