‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकार काममै व्यस्त छ, मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु काममै व्यस्त भएकाले कतिपय साथीभाइलाई फोन गर्न नभ्याएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुँदै सरकारले विकास निर्माणका क्षेत्रहरु सडक , पूर्वाधार , विमानस्थल निर्माणका काममा सक्रिय रहेका कारण कसैलाई सम्पर्क गर्न नभ्याएको बताउनुभएको हो ।

मेलम्ची ल्याउन र  भुकम्पपछि पुननिर्माणतर्फ रानीपोखरी, धरहरा, दरबार हाइस्कुल , सिंहदरबारको प्रवलीकरण, प्रधानमन्त्रीको कार्यालय लगायत नीजि आवास , विद्यालय र पुरातातत्विक सम्पदाको काममा व्यस्त भएको उहाँको भनाइ थियो । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

 ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन, केही समस्या थियो भने त्यो छोडदिनुस प्लिज ।’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ५० बजे