‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अनुचित अडानमा कोहीसँग सम्झौता गर्दिन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित अडानमा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विश्वासको मतलिन आज संसद्मा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले आफुमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुहुँदै वर्तमान राजनीतिका अवस्थाका कारण ममाथि विश्वास छ भन्ने देखाउन मत मागेको बताउनुभयो ।

उहाँले विचारको आग्रहका आधारमा नभइ, स्वार्थबाट निर्देशित भएर नभइ, आवद्धताका आधारमा पनि नभई सत्यलाई पछयाएर निर्णय गर्न आग्रह गर्नुभयो ।

अहिले नेपाल विश्वमाझ सुनिन, देखिन र सुन्नुपर्ने अवस्थामा पुगेको बताउँनुहुँदै राष्ट्रियताको सवालमा यति उपलब्धी हासिल  गरेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।  

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : १८ बजे