अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सौराहा । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गर्नुभएको छ  । 

महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउनुभयो । 

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उहाँले भन्नुभयो, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ । 
प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्नु हुने बताउनुभयो  ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ४५ बजे