देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ  । आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने उहाँले बताउनुभयो  ।

१०औँ महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिने पनि बताउनुभयो । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने उहाँले बताउनुभयो  । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ५३ बजे