जनताको माग पूरा गर्ने प्रयास गरेको भन्दै एमाले अध्यक्ष ओलीलाई  महन्थ ठाकुरले दिनुभयो धन्यवाद 

चितवन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभएको छ । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तराई मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उहाँले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताउनुभयो । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उहाँले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले एमाले महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । साथै आगामी नेतृत्वका लागि बधाई पनि दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ०० बजे