चितवन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले देश र जनताका लागि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिनुभयो ।
राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिनुभएको हो ।
प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार २ : २३ बजे
प्रतिक्रिया