रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा एमालेको १० औं महाधिवेशन उद्घाटन 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गर्नुभएको छ । उहाँले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गर्नुभएको हो । 

एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको हो । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गर्नुभएको थियो । 

महाधिवेशनको उद्घाटन समारोह अहिले जारी छ । समारोहमा एमालेका लाखौं कार्यकर्ता र शुभेच्छुकहरु नारायणी नदी किनारमा उपस्थित हुनुहुन्छ । समारोहमा एमाले नेता रामबहादुर थापा बादलले स्वागत मन्तव्य  राख्नुभएको छ भने अहिले विभिन्न् पार्टीका नेताहरले सुभकामना मन्तव्य दिइरहनुभएको छ । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ०५ बजे