‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ह्वीप नमान्ने सांसदलाई कारबाही हुन्छ : प्रमुख सचेतक भट्टराई

काठमाडौं ।  नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले संसद् बैठकमा अनुपस्थित हुने सांसदमाथि कारबाही गरिने बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई मत दिन हिजो ह्वीप जारी गरिसकिएको छ, बैठकमा सहभागी नहुने सांसदहरूलाई कारबाही हुन्छ उहाँले भन्नुभयो। माधव नेपाल समूहले सामुहीक राजिनामा नदिने तर आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि सचेतक भटटराईले पार्टीलाई एकताबद्ध बनाएर लैजान अन्तिम समयसम्म प्रयास जारी राखिएको बताउनुभएको हो । ह्वीप जारी विशेष परिस्थितमा मात्रै हुने बताउनुहुँदै उहाँले पार्टीको ह्वीप कसैले उल्लंघन गर्न नमिल्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १२ : ३१ बजे