‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विश्वकप छनोट : नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसिया विरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आइसिसी एकेडेमी मैदानमा कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । 

ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । छनोटअन्तर्गत यसअघि खेलिएका तीन खेलमध्ये नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

नेपाल पहिलो खेलमा हङहङसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको थियो । 

त्यस्तै तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित  गरेको थियो । नेपालको चार अङ्क छ । यता मलेसियाले भने तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ । मलेसियाको दुई अङ्क छ । रासस

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ५८ बजे