एमाले महाधिवेशनमा बैतडीबाट ६ सयभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

बैतडी । एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता  तथा कार्यकर्ता चितवन प्रस्थान गरेका छन् ।

​​​​​​​आजबाट सुरु हुन लागेको महाधिवेशनमा सहभागी हुन बुधवार र बिहीबार अबेर रातिसम्म गरेर नौ वटा ठुलो बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा  एमाले नेता तथा कार्यकर्ता चितवन प्रस्थान गरेको पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताउनुभयो ।

आज देखि सुरु हुने १०औँ राष्ट्रिय महाधिवेशनमा एमालेले ५० लाखभन्दा बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ  । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : २९ बजे