एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी 

लमजुङ । चितवनमा आजदेखि सुरु हुने एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

लमजुङका चार नगरपालिका र चार गाउँपालिकाबाट चार हजार २०० जना सहभागी हुने नेकपा एमाले लमजुङले जनाएको छ । 

एमालेका सचिव कृष्णप्रसाद अधिकारीका अनुसार चार नगरपालिकाबाट दुई हजार ८०० जना र चार गाउँपालिकाबाट एक हजार ४०० जना सहभागी हुनेछन् ।

बेसीसहर नगरपालिकाबाट ८०० जना, सुन्दर बजार नगरपालिकाबाट ८०० जना, मध्यनेपाल नगरपालिकाबाट ६०० जना, राइनास नगरपालिकाबाट ६०० जना सहभागी हुने हुनेछन्  ।  गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाबाट ६०० जना, मर्स्याङदी गाउँपालिकाबाट ६०० जना, दूधपोखरी गाउँपालिकाबाट १०० जना र क्व्होलासोंथर गाउँपालिकाबाट १०० जना सहभागी हुनेछन् ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता बोकेर करिब ८० वटा सवारी साधन चितवन पुग्नेछन् । निजी र सार्वजनिक सवारी साधन रिजर्भ गरेर साथै स्वतःस्फूर्त मोटरसाइकलहरू समेत लाने भएका छन् । केही नेता कार्यकर्ता बुधवार र बिहीबार नै चितवन पुगिसकेका छन् । केही शुक्रवार जाँदैछन् । 

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : २१ बजे