‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मलेसियाविरुद्ध जितको खोजीमा नेपाल 

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा आज मलेसिया विरुद्ध खेल्दै छ । 

दुबईको आइसिसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ः०० बजे सुरु हुनेछ । 

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसिया विरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसिया विरुद्ध २ अङ्कको खोजीसहित नेट रन रेटलाई सुधार गर्ने योजनामा हुनेछ । 

३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍यो । 

आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक युएई ६ अङ्कसहित शीर्ष स्थानमा छ । 

नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा युएईको सामना गर्नेछ । नेपालले सन् २०१९ मा भएको दुवै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो । 

आज हुने अर्को खेलमा हङकङले भुटानको सामना गर्नेछ । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ३९ बजे