दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ वटा पार्किङ स्थल 

चितवन । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि दुई हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाको कमाण्ड सम्हाल्नुभएकामा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी दुई हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। 

उहाँकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहाको बन्द सत्र समारोह स्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ ।

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ ।“ट्राफिक व्यवस्थापनदेखि सबै राम्रो व्यवस्था गरेका छौँ”,  उहाँले भन्नुभयो “आपटारी, बसपार्क, गैँडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।” छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उहाँले बताउनुभयो  । 

उहाँका अनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ । “महाधिवेशनमा आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर  आवश्यकताअनुसार प्रोटोकलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौँ”,  एआईजी थापाले भन्नुभयो,“भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्भ अफ पाइन्ट, कर्डेनहरु राखेका छौँ । विमानस्थलमा कर्डन छ । उहाँहरूको स्वयंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।”  

उहाँकाअनुसार ६ सय जना सशस्त्र प्रहरी परिचालिन गरिएको छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहनुभएको छ  ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ३० बजे