काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आह्वान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ ।

तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।  ''देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,'' महाशाखाले बुलेटिनमा भनेको छ ।

महाशाखाका अनुसार शुक्रवार काठमाडौँमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधिकतम र न्यूनतम तापक्रम बीचको ग्याप घट्दै जाँदा चिसो झन् बढ्छ ।

जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएको छ ।

शुक्रवार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक –दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ मङ्सिर १० गते (शुक्रवार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू–भागहरूमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मङ्सिर ११ गते (शनिवार)
दिउँसो :
 प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरूका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू–भागहरूमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मङ्सिर १२ गते (आइतबार)
दिउँसो :
 प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरूमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरूका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको अधिकांश भू(भागहरूमा आंशिक बदली रहने छ ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ५१ बजे