एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुग्नुभएको छ । 

बुद्ध एयरबाट उहाँ बिहीबार नै चितवन आइपुग्नुभएको हो  । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ०८ बजे