एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै

तनहुँ । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ । 

उद्घाटन सत्रमा तनहुँबाट १५ हजार कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट १५ हजार कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताउनुभयो । ‘सबै पालिकाका वडा वडाबाट  कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गर्दैछौँ । चितवनसँगै जोडिएको देवघाट गाउँपालिकाबाट धेरै जानेछन्’, उहाँले भन्नुभयो, ‘नजिकै भएकाले ऋषिङ गाउँपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै तनहुँका एमालेजन चितवन महाधिवेशनमा जाने उहाँको दाबी छ ।  

महाधिवेशनमा तनहुँका १८ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : ११ बजे