एमाले महाधिवेशन : महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताउनुभएको छ  । 

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताउनुभएको हो  ।  

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उहाँले दाबी गर्नुभयो  । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहनुभएका उहाँले महासचिव पदमा दाबेदारी प्रस्तुत गर्नुभएको हो । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : २१ बजे