साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ताप्लेजुङबाट १४ प्रतिनिधिसहित नेता तथा कार्यकर्ता चितवन प्रस्थान

ताप्लेजुङ । नेकपा एमाले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन ताप्लेजुङबाट १४ प्रतिनिधिसहित ६० जना नेता चितवान प्रस्थान गरेका छन् । बुधबार बेलुका झापाको विर्तामोड पुगेका प्रतिनिधि र नेताहरू आज चितवान पुग्ने छन् ।  

महाधिवेशन प्रतिनिधि चयनका लगि ताप्लेजुङमा ३० कात्तिकमा निर्वाचन भएको थियो । नर्वाचनबा६ १३ महधिवेशन प्रतिनिधि चयन भएका थिए । प्रदेश १ की प्रदेश सभा सदस्य होमकुमारी लिम्बूलाई पार्टीको केन्द्रीय कमिटीबाट महाधिवेशन प्रतिनिधिमा मनोनित गरेसँगै ताप्लेजुङबाट प्रतिनिधि संख्या १४ पुगेकाे हाे ।  

केन्द्रीय सदस्यमा दावी
महाधिवेशनमा ताप्लेजुङका तीन जना नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकाे ताप्लेजुङ एमाले स्रोतले जनाएको छ । पूर्व संविधान सभा सदस्य तिलकुमार मेन्याङबोले गत बिहीबार नै सामाजिक संजालमार्फत केन्द्रीय सदस्यको लागि उम्मेदवारी घोषणा गरि सकेका छन् । यस्तै उर्मिला थेबे र टंक आङबुहाङले पनि केन्द्रीय सदस्यमा उम्मेदरी दिने योजना रहेको स्रोतकाे भनाइ छ । आङबुहाङ नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण विगठनसँगै भएसँगै केपी ओली पक्षमा उभिएको हुन् । उर्मिला ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ की वडा अध्यक्ष हुन् । ताप्लेजुङमा नौ स्थानीय तहमा ६१ वडा छ त्यसमध्ये दुई वडामा मात्र महिला वडा अध्यक्ष  छन् । 

महाधिवेशन प्रतिनिधि मध्ये कसकाे मत कति ?
सबैभन्दा बढी मत संबिधान सभा सदस्य भूपेन्द्र थेबेले ल्याएका थिए । ननले चार हजार दुई सय ६२ मत ल्याएका थिए । थेबे यसअघि तत्कालीन नेकपामा विवाद हुँदा केपी ओली समूहको समानान्तर जिल्ला कमिटी अध्यक्ष थिए । निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुलातर्फको दोस्रो मत दिपेन पोमूले ल्याएका थिए । जिल्ला युवा समिति अध्यक्ष समेत रहेका उनले चार हजार ८७ मत ल्याँउदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले चार हजार ५३ मतसहित तेस्रो बढी मत ल्याएका थिए । यस्तै, युवा संघका नेता आशिष केदेमले तीन हजार सात सय २५ मत, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा तीन हजार पाँच सय ७९ मत ल्याएर निर्वाचित भएका थिए । 

प्रदेश सांसद बलबहादुर साम्सोहाङले तीन हजार पाँच सय ५० मत ल्याएका थिए । साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर थिए । नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि साम्सोहाङ एमाले पार्टीमै रहेका हुन् । संबिधान सभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले तीन हजार पाँच सय २१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले तीन हजार चार सय १९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका थिए । अन्य प्रतिस्पर्धीमध्ये जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले तीन हजार दुई सय ८६ मत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मणिशंकर पोमूले तीन हजार ६८ मत ल्याएका थिए । प्रदेश कमिटी सदस्य सन्तोष खतिवडाले दुई हजार ६ सय ४३ मत, मंगलसिंह केदमेले दुई हजार चार सय ८५ मत, सिंहबहादुर इवारमले दुई हजार ४ सय ५४ मत, चन्द्रप्रकाश मेन्याङ्वोले दुई हजार दुई सय ३८ मत, राजेश प्याकुरेलले एक हजार नाै सय ५२ मत र थर्ककुमार चोङ्वाङ(दिवस)ले एक हजार आठ सय २६ मत ल्याएर निर्वाचित भएको निर्वाचन  समितिले जनाएको छ । 

महिलातर्फ फुङ्लिलङ नगरपालिका-५ का वडाध्यक्ष समेत रहेकी भीमादेवी ओझा विजयी भएकी छिन् । उनी पाँच हजार नाै सय ४६ मतसहित महाधिवेशन प्रतिनिधिका लागि निर्वाचित भएकी हुन्हु । यस्तै, मीनाकुमारी केदमेले पाँच हजार ६ सय ८०,टीकादेवी दाहालले चार हजार सात सय ८३, उर्मिला थेबेले चार हजार पाँच सय ९९ मत ल्याएर महाधिबेशन प्रतिनिधि चयन भएकी छिन् । महिलातर्फ चार जनाको कोटा रहेकोमा पाँच प्रतिस्पर्धी थिए । त्यसमा निर्मला इजमले चार हजार २६ मत ल्याएकी थिइन । एक दलित कोटाका लागि दुई प्रतिस्पर्धीमध्ये तीन हजार सात सय २३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित भएक थिइन । छत्रबहादुर बिकले दुई हजार दुई सय १२ मत ल्याएकाे निर्वाचन समितिकाे भनाइ छ । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : १९ बजे