टुङ्गिँयो नेकपा एमाले महोत्तरीको विवाद, महाधिवेशनपछि गहन छलफल गर्ने सहमति

महोत्तरी । नेकपा एमाले महोत्तरीले माहाअधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएको छ । महाधिवेशनमा सहभागी हुन यसअघि पठाएको नाम सदर गर्दै विवाद सकिएको हो ।महाधिवेशनपछि गहन समीक्षा गर्नेगरि सोही नामको सुचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो बिषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ  ।’ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १ : ४७ बजे