चितवनमा बादलको बोली : सहमतिमै नेतृत्व चयन हुन्छ

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताउनुभएको छ । 

महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुग्नुभएका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताउनुभयो ।

आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उहाँले अब निर्णय गर्ने बताउनुभयो । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’

महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुग्नुभएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १ : ३६ बजे