साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले महाधिवेशन : ‘सुखी नेपाली, समृद्ध नेपाल’को थिममा ५७ जनाबीच चित्रकला प्रतियोगिता

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ ।

 समृद्ध नेपाल सुखी नेपालीको थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् । 

होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो । विसं २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरु कोरिएको बताउनुभयो । 

करिब २०० लामो पर्खामा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीहरुले चित्र चित्रकलामा भाग लिएका जानकारी दिए । कलाकारहरुले देशले शान्ती चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भु, धरहरा, परेवा, दुर्लभ पाटेबाघ सहितका चित्रहरु कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताइएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : १४ बजे