महाधिवेशनका लागि नेताहरु चितवन आउने क्रम सुरु

चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ ।

महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका बाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुग्नुभएको हो ।

बुधबार चितवन आइपुग्नुभएका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताउनुभएको छ । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहो¥याउने बताउनुभएको हो । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भन्नुभयो, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” 

महाधिवेशन तयारीका लागि आज बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पूर्वअर्थमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य सुरेद्र पाण्डे पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिनुभयो । उहाँहरुले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन दिने बताउनुभयो । 

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ४४ बजे