एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा। बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभएको हो ।

कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ । त्यही दिन साँझ केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : ५३ बजे