सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखा – गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो ।  शनिबार दिउँसो कुटपिटबाट घाइते हुनुभएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ । पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : १३ बजे