दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सोलुखुम्बु – आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ४६ बजे