माधव नेपाललाई ओलीको कटाक्ष : चोइटिएर एमालेका नेता घटेका छैनन्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमालेका नेता नघटेको बताउनु भएको छ  ।

'चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,' सम्पादकहरुसँग उहाँले भन्नुभयो ।

आउने चुनाव पछि एमालेले सरकार चलाउने उहाँको  भनाइ छ । 'राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,' उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ११ बजे