सवारीले भ्याउनेजति नेपालका सबै समुदाय चितवन महाधिवेशनमा आउनेछन् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने बताउनुभएको छ  ।

च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताउनु भएको हो  ।

'सार्वजनिक सबै सवारी साधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,' उहाँले भन्नुभयो  ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ५४ बजे