एमाले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक केही समयका लागि स्थगित गरिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक दिउँसो साढे ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओली सम्पादकहरूसितको छलफलका लागि हिँडेपछि बैठक रोकिएको हो । आज ओलीले सञ्चारमाध्यमका सम्पादकहरूसित छलफल गर्दै हुनुहुन्छ । सो छलफलपछि पुनः बैठक बसिने एमाले सचिवालयले जनाएको छ ।

बैठकले महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : १७ बजे